post-slider post-slider

पहाडी भेगमा आज चट्याङसहित हल्का वर्षा

Image
A A

काठमाडौं, चैत १८- हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको पनि प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतयाः सफा रहने छ।

देशका पहाडी भू-भागका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एकऔदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

चट्याङबाट बच्न के गर्ने, के नगर्ने ?

के गर्ने ?

- खुला र अग्लो स्थानमा असुरक्षित हुने भएकाले खोंच र ओझेलमा बसौं।

- सकेसम्म घरभित्र बसौं।

- घरबाहिर हुनुहुन्छ भने होचो स्थानमा बस्नु उपयुक्त हुन्छ।

- चट्याङ पर्नसक्ने स्थान नजिकै हो भने भुइँतिर फर्केर घोप्टिनुपर्छ।

के नगर्ने?

- विद्युतीय उपकरण प्रयोग नगरौं।

- धातुको पाइपबाट बनेको धारा प्रयोग नगरौं।

- पौडी खेलिरहेको छ भने बाहिर आउनुपर्छ।

- अग्लो र खुला डाँडा, टावर, छत, रुख आदिमा नबसौं।

-धातुबाट बनाइएको झ्याल ढोका आदिलाई छोएर नबसौं।

Tags: