post-slider post-slider

इलाम-२ मा राप्रपाले लक्ष्मी गुरुङलाई बनायो उम्मेदवार

Image
A A

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम-२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार चयन गरेको छ। 

राप्रपाले इलाम-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्। 

पार्टीको बिहीबार बसेको संसदीय समितिको बैठकले गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको हो।

इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

उक्त क्षेत्रमा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ। अन्य पार्टीले उम्मेदवार चयन सकाएका छैनन्।

Tags: