post-slider post-slider

भारतको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, ६४५ अर्ब ५८ करोड डलर

Image
A A

नयाँदिल्ली- मुलुकको विदेशी मुद्रा सञ्चिति २९ मार्चमा समाप्त भएको साता २ अर्ब ९५ करोड डलरले बढेर ६४५ अर्ब ५८ करोड डलरको नयाँ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। 

यो जानकारी भारतीय रिजर्व बैंक अर्थात् आरबिआईले दिएको हो। विदेशी मुद्रा सञ्चिति बढेको यो लगातार छैटौं साता हो।

त्यसको एक साताअघि मुलुकको विदेशी मुद्रा सञ्चिति १४ करोड डलरले बढेर ६४२ अर्ब ६३ करोड डलर पुगेको थियो। यसअघि सन् २०२१ सेप्टेम्बरमा देशको विदेशी मुद्रा सञ्चिति ६४२.४५ अर्ब डलरको उच्च विन्दुमा पुगेको थियो।

विश्वव्यापी गतिविधिको दबाबको बीचमा केन्द्रीय बैंकले मुद्राको गिरावटलाई रोक्न विदेशी मुद्रा सञ्चिति प्रयोग गर्‍यो, जसले विदेशी मुद्रा सञ्चितिमा केही गिरावट आएको थियो। आरबिआईले हरेक हप्ता विदेशी मुद्रा सञ्चिति र सुनको भण्डारको तथ्याङ्क सार्वजनिक गर्छ।

आरबिआईको तथ्याङ्क अनुसार मार्च  २९ गतेको साता विदेशी मुद्रा सम्पत्ति २ अर्ब ३५ करोड डलरले बढेर ५७० अर्ब ६१८ अर्ब डलर पुगेको छ। विदेशी मुद्रा सम्पत्ति विदेशी मुद्रा सञ्चितिको एक महत्वपूर्ण भाग हो। डलरमा व्यक्त गरिएको विदेशी मुद्रा सम्पत्तिमा यूरो, पाउन्ड र येन जस्ता गैर अमेरिकी मुद्राहरूमा हुने उतार चढावको प्रभाव पनि समावेश छ।

साथै, आरबिआईले समीक्षा हप्तामा सुनको सञ्चिति ६७३ मिलियन डलरले बढेर ५२.१६ अर्ब डलर पुगेको जनाएको छ।

Tags: