बागमती नगरपालिकाका मेयरविरूद्ध ५ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- बागमती नगरपालिका सर्लाहीका प्रमुख मेयर भरतकुमार थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

गण्डकीका मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै दायर रिट न्यायाधीश शर्माको इजलासमा

काठमाडौं- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै परेको रिटको सुनुवाई आज हुँदैछ।

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

काठमाडौँ - युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन्। 

डोल्पामा आगो निभाउने क्रममा घाइते तीन नेपाली सेनाको मृत्यु

मृत्यु हुनेमा काभ्रेका ३८ वर्षीय केशवबहादुर मगर र हुम्लाका २३ वर्षीय आशिष बुढा छन्। यसअघि सोमबार उपचारकै क्रममा जुम्लाका २८ वर्षीय हेमन्त रावलको मृत्यु भएको थियो।

राप्रपाको प्रदर्शनका कारण भद्रकाली क्षेत्रमा तनाव

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएपछि काठमाडौंको भद्रकाली क्षेत्र तनावग्रस्त बनेको छ।

विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन

विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्टे पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ। जुआन भेनेजुएलाका बासिन्दा थिए।

गृह मन्त्रालयका ९ उपसचिवको सरुवा

गृह मन्त्रालयले ९ उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले बुधबार ९ उपसचिवको सरुवा गरेको हो।  कृष्ण गैरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ।

कोशी प्रदेशका सहरहरुमा पनि पठाओको सेवा विस्तार हुँदै, बाइक राइडरको दर्ता सुरू

राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले कोशी प्रदेशका मुख्य सहरहरूसँगै मुलुकभर थप १७ सहरमा 'बाइक राइड' सेवा विस्तार गर्ने भएको छ।

सहकारी ठगी प्रकरणमा संसदीय समितिको गठन गर्ने कांग्रेसको माग कायमै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा छानबिनको माग गर्दै आज पनि संसदमा विरोध गरेको छ।